बाह्य अनुगमन कर्ताद्धारा इन्सेकद्वारा सञ्चालित परियोजनाको अनुगमन असोज १८ गते सम्पन्न भएको छ । अनुगमन टोलीले इन्सेकद्वारा राप्ती सोनारी गाउँपालिकामा सञ्चालित परियोजनाका साथै नेपाल मानव अधिकार वर्ष पुस्तकका बारेमा जिल्लास्थित विभिन्न सरोकारवालाहरूसँग भेटेर जानकारी लिएका थिए ।
राप्ती सोनारी गाउँपालिकामा गठित मानव अधिकार समूह र बाल अधिकार चेतना समूहसँग भेटेर शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार, बाल अधिकारका विषयहरू कार्यान्वयनको अवस्थाबारे छलफल भएको थियो ।
छलफलका क्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकमा सत्य तथ्य घटनाहरू प्रकाशन हुने भएकोले पुस्तक एकदमै लाभदायी रहेको बताउनु भयो ।
राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष धनिकुमारी खत्रीले इन्सेकले गाउँपालिकामा चेतना मूलक कामहरूलाई व्यापकरुपमा अगाडि बढाएको बताउँदै बालविवाह रोक्ने जस्ता उदाहरणीय कामहरू गरेको बताउनु भयो । उहाँले इन्सेककै पहलमा गाउँपालिकामा उपभोक्ता हित सङ्रक्षण समिति गठन भई बजार अनुगमन जस्ता कामहरू भइरहेको बताउनु भयो ।
गाउँपालिका स्तरिय मानव अधिकार समूहकी संयोजक धनि वलीले समुहमा रहेर गरेका कामले थुप्रै परिवर्तन गर्न सहयोग पुगेको बताउनु भयो । उहाँले विद्यालयहरूमा विभिन्न बहानामा लिइरहेको शुल्क फिर्ता गराउन, स्वास्थ्य चौकीहरूलाई व्यवस्थित गर्न, गाउँ गाउँमा भएका बाल विवाह रोक्न, बहुविवाह र महिला हिंसा रोकथामका लागि कामहरू गरेको बताउनु भयो ।
जनशक्ति माविमा गठित बाल अधिकार चेतना समूहका सचिव सुनिल विकले बाल अधिकार चेतना समूहलाई तालिम नभएका कारण काम गर्नमा गाह्रो भएकोले बाल अधिकार चेतना समूहका सबै जनालाई तालिम दिने व्यवस्था मिलाउन आग्रह गर्नु भयो ।
विकले बाल अधिकार चेतना समूहले विद्यालयमा वक्तित्वकला, हाजीर जवाफ प्रतियोगिता र सरसफाई जस्ता कामहरू गरेको बताउनु भयो ।
अनुमगनका क्रममा जनशक्ति माविको भवन जिर्ण अवस्थामा रहेको , विद्यार्थिहरूलाई पढ्नको लागि भौतिक श्रोतको कमि भएको , बस्नको लागि बेञ्चको अभाव रहेको र बाल अधिकार चेतना समूहका पदाधिकारीहरूले तालिमको नपाएको पाइएको इन्सेक नेपालगञ्जकी अधिकृत सरस्वती मल्लले बताउनु भयो ।
यसैगरी, नेपाल मानव अधिकार वर्ष पुस्तक र इन्सेकले गर्दै आएको कामको सम्बन्धमा बाह्य अनुगमन टोलीका मिना शर्मा, भवानी महर्जनले राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्करबहादुर रावल, जिल्ला प्रहरी कार्यालयका डिएसपी मधुसुधन न्यौपाने, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी लगायतसँग भेटेर जानकारी लिनु भएको थियो ।




