अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजना एवम् मानव अधिकार समूह खाँडाचक्र नपाको सहकार्यमा असोज १७ गते खाँडाचक्र नपामा खाद्य अधिकारको अवस्था र सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा खाँडाचक्र नपा पशु सेवा शाखाका प्रमुख पूर्ण गिरीले बजार अनुगमन र मासुजन्य पसल अव्यवस्थित रहेका कारण माहमारी फैलिने सम्भावना रहेको बताउनु भयो । उहाँले खाद्य अधिकारमा उपभोक्ताहरू जागरुक भई बजार अनुगमनका लागि सम्बन्धित निकायलाई दवाव दिनुपर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका उपाध्यक्ष विश्वनाथ सिम्खाडाले बजारमा खाद्यन्न सामाग्रीको महङ्गी बढेको, खाद्य मिसावट हुने गरेको र चाडपर्व नजिकिँदै गर्दा बजारमा मिति नाघेका खाद्य सामग्रीहरू बिक्रि वितरण लगायतका समस्या रहेकाले स्थानीय सरकारको ध्यान जानुपर्ने धारणा राख्नु भयो ।
यस्तै खाँडाचक्र नपा कृषि शाखाका प्रतिनिधि गगन टमाटाले नपाबाट कृषि सामाग्री तथा अनुदान वितरणका क्रममा जनप्रतिनिधिबाट राजनीतिक हस्तक्षेप हुने गरेकाले पाउनु पर्ने लक्षित वर्गमा सेवा सुविधा नपुगेको आरोप लगाउनु भयो । यस विषयमा मानव अधिकार समूह र इन्सेकले आवाज उठाउनु पर्ने केषि शाखाका प्रतिनिधि टमटाले सुझाव दिनु भयो ।
कृषि सहकारी सङ्घ खाडाचक्रका सदस्य एवम हिमचुलि कृषि सहकारी संस्थाका कार्यकारी निर्देशक जगेन्द्र आचार्यले कोभिड–१९ का कारण दैनिक ज्याला मजदुरी गर्ने खाँडाचक्र नपा –१ का बादी समुदायलाई खाद्यन्नको समस्या परेको जानकारी दिन भयो ।
कार्यक्रममा मानव अधिकार समूहका सदस्य मुना चौलागाईँले नेपालको संविधान ०७२ को मौलिक हकमा दिएको खाद्य अधिकारलाई सुनिश्चित गराउनु राज्यको दायित्व र कर्तव्य भएकाले आएका समस्या समयमै समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।
सिरहामा जिल्ला स्तरीय बाल भेला समपन्न, १९ सदस्यीय जिल्ला बाल सञ्जाल गठन
सिरहामा जिल्ला स्तरीय बाल भेला ०८३ जेठ २० गते सम्पन्न