INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षाको अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

इन्सेक सल्यानको आयोजनामा शिक्षाको अधिकार सम्बन्धी सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम शारदा नगरपालिकामा असोज १५ गते सम्पन्न भएको छ । कार्यक्रममा सहभागीहरूले शैक्षिक क्षेत्रको सुधारको लागि त्रिपक्षीय समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएका छन् ।

शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले शिक्षा क्षेत्रको समग्र विकासको लागि सबै क्षेत्रसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । उहाँले अहिले आम विद्यार्थीमा पढ्ने बानी हराउदैँ गएको र रचनात्मक हुन नसकेकोमा यसतर्फ सरोकारवाला निकाय सचेत हुनुपर्ने सुझाव दिनु भयो ।

शिक्षक, विद्यार्थी, अभिभावक र सारोकारवाला निकाय बिचको अन्तरक्रिया कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष मौसमदास श्रेष्ठले हरेक अभिभवाकले आप्mना बालबालिकालाई गुणस्तरीय शिक्षा दिलाउन आफै अग्रसर हुनुपर्ने बताउनुभयो । विद्यालयमा पठनपाठन भए नभएको र आप्mना बालबालिकाले गर्ने क्रियाकलापमा समेत निगरानी राख्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बोल्दै त्रिभुवन जनता मावि लुहापिंगका शिक्षक अनुपा शाहले अहिले पनि कोभिडको संक्रमण जारी रहेकाले विद्यालयमा भौतिक दुरी कायम गरेर अध्ययन अध्यापन गराउन समस्या भएको गुनासो गर्नु भयो । नगरपालिकाले विद्यालयमा दिने सेनेटरी प्याड समेत गुणस्तरीय नभएको शिक्षक शाहले आरोप लगाउनु भयो ।

कार्यक्रममा बोल्दै त्रिभुवन जनता मावि लुहापिंग विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज शर्माले विद्यालयमा देखिएका समस्याबारे आफूले पटक पटक सरोकारवाला निकायमा समस्या पु¥याएको बताउनु भयो । उहाँले यस विद्यालयमा रहेका समस्या समाधान गर्न आफु लागि परेको बताउनुभयो ।

कार्यक्रमा बोल्दै प्रारम्भिक कक्षा पढाइ कार्यक्रम दोस्रोका जिल्ला संयोजक पुरुषोत्तम गिरीले शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउन सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले अहिले सामुदायिक विद्यालयको शिक्षा भनेको सिकाउने, टिकाउने र बिकाउने खालको हुनुपर्ने बताउनुभयो ।

मानव अधिकार समूहका अध्यक्ष मुना हमालको अध्यक्षतामा आयोजित कार्यक्रम इन्सेक सल्यानका जिल्ला प्रतिनिधि मिना बुढाथोकीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा इएलपी परियोजनाका जिल्ला सहजकर्ता रामचन्द्र रेग्मीले परियोजनाका विषयमा जानकारी दिनुभएको थियो ।

2020-10-03 Salyan photo 2021-10-03-Salyan

अन्य

भिडियो