INSEC Online

📅 २०८३ जेष्ठ २१

शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा बन्दिपुर गाउँपालिकामा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ११ गते बन्दिपुर गाउँपालिका–१ स्थित पवित्रा माविमा सम्पन्न भयो ।

कार्यक्रममा गाउँपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेको शिक्षासम्बन्धी कार्यक्रम र गाउँपालिकाको शिक्षाको नीति तथा शैक्षिक अवस्थाको बारेमा सरोकारवालाहरुलाई जानकारी दिइएको थियो ।

r

कार्यक्रममा बोल्दै बन्दिपुर गाउँपालिका–१ का कार्यवाहक अध्यक्ष अमृत शाहीले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षालाई गाउँपालिकाले पनि निकै प्रथामिकतामा राखेको बताउनुभयो ।

शिक्षालाई प्राथमिकतामा राखी गुरुयोजना बनाइएको भन्दै उहाँले मातृभाषाबाट पनि शिक्षा लिन पाउने वातावरण बनाइएको बताउनुभयो ।

r

सबै विद्यालयमा स्वच्छ खानेपानी, सफा शौचालय तथा विद्यालयसम्म पुग्ने सडकको स्तरोन्नती पनि सुरु गरिएको शाहीले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक जीवनाथ पौडेलले अहिलेसम्म राज्यको नीतिको कारण शिक्षामा सुधार हुन नसकेको भन्दै अब स्थानीय तहले प्राविधिक शिक्षालाई जोड दिने खालको नीति ल्याउनुपर्ने बताउनुभयो ।

व्यवहारिक ज्ञान, नैतिक शिक्षा र मातृ भाषालाई संरक्षण गर्ने खालको नीति ल्याउनु पर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षक, विद्यार्थी र गाउँपालिकाका सरोकारवालाहरुका उपस्थिती रहेको थियो ।

अन्य

भिडियो