INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

इन्सेक कालिकोट र शुभकालिका गाउँपालिका स्तरीय मानव अधिकार समूहको सहकार्यमा  स्वास्थ्यको अधिकार सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम असोज १० गते शुभकालिकामा सम्पन्न भएको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत आयोजित कार्यक्रममा शुभकालिका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमिला शाहीले गाउँपालिकाका सबै वडामा रहेका स्वास्थ्य इकाहरूमा आवश्यक औषधि र उपकरणको अभाव रहेको बताउनुभयो ।

photo20210928Kalikot 1

शुभकालिका बालअधिकार चेतना समूह चन्द्रसूर्य माविका अध्यक्ष यमुना आचार्यले छात्राहरूलाई यौन तथा प्रजनन शिक्षा र सेनेटरी प्याड वितरण गर्नुका साथै प्याड फाल्नको लागि खाल्डा निमार्ण गर्नु पर्ने माग राख्नु भयो ।

शिक्षा शाखा प्रमुख पुष्पराज आचार्यले कुपोषणको समस्या समाधान गर्न स्वास्थ्य इकाइमार्फत स्वास्थ्य शिक्षा दिनु पर्नेमा जोड दिनु भयो । साथै उहाँले गाउँपालिकाले प्रत्येक विद्यालयमा एक जना नर्सको व्यवस्था गर्नु पर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका सहभागिहरूले स्थानीय स्वास्थ्य सँस्थाबाट पाइने ३५ प्रकारका औषधिको र उपकरणको अभाव लगायतका समस्या समाधान गर्न गाउँपालिकाले स्थानीय स्वास्थ्य रणनीति योजना बनाएर कार्यक्रम सञ्चालन गर्न र सञ्चालित कार्यक्रमहरूको प्रभावकारी अनुगमन गर्नु पर्नेमा जोड दिएका थिए ।

photo20210928Kalikot 2

अन्य

भिडियो