INSEC Online

📅 २०८३ जेष्ठ २१

पुतलीबजार नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना निर्माण सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा पुतलीबजार नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारका सवालमा समस्या पहिचान तथा कार्ययोजना निर्माण असोज ५ गते सम्पन्न भएको छ ।

इन्सेकद्वारा पुतलीबजार नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहका सदस्यहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षाको अधिकारका सवालमा विपन्न समुदायमा इन्टरनेटको पहुँच नभएरअनलाइन कक्षा प्रभावकारी नभएको भनी समस्या पहिचान गरिएको थियो ।

photo20210923Syangja

त्यस्तै स्वास्थ्यको सवालमा कोभिड–१९ विरूद्धको खोपमा अनियमितता भएको र सरकारले वितरण गर्ने निःशुल्क औषधिहरूमा कमि आउनुका साथै कति प्रकारका औषधिहरू निःशुल्क पाइन्छ बारे नै अन्यौलता रहेको भनी समस्या पहिचान गरिएको थियो ।

आवासको सवालमा केही सार्वजनिक जग्गामा घरहरू बन्दै गएपछि समस्या हुन थालेको र उक्त विषयमा सरोकारवालाहरूसँग छलफलको आवश्यकता रहेको समूहले पहिचान गरेको थियो ।

कार्यक्रममा समूहका संयोजक तारकबहादुर थापाले दशै नजिकिएको कारण बजार अनुगमन गर्नुपर्ने र सम्पूर्ण मानव अधिकार समूहका सदस्यहरूलाई उचित तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभएको थियो ।

इन्सेक स्याङजा जिल्ला सहजकर्ता प्रतिक्षा गुरुङले कार्यक्रममा पहिचान गरिएका समस्यालाई समाधान गर्न सम्बन्धित सरोकारवालालाई पेश गरिने बताउनुभयो ।

अन्य

भिडियो