INSEC Online

📅 २०८३ जेष्ठ २१

आवासको अधिकार विषयक अन्तरक्रिया सम्पन्न

इन्सेक जाजरकोटको आयोजना तथा मानव अधिकार समूह छेडागाडको समन्वयमा आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रम भदौ २२ गते सम्पन्न भएको छ ।

स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तरगत आयोजित कार्यक्रममा छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनिषकुमार खड्काले सेवाबाट बञ्चित वर्गलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।

उक्त वर्गको राहतका लागि प्याकेजमा क्रियाकलाप गर्ने कानुन बनाउन आफू लागिरहेको उहाँको भनाई थियो ।

साथै उहाँले घरको छानो छाउने खर काट्ने क्रममा धेरै मानिसको  अकालमा ज्यान गइसकेको हुनाले यस विषयमा नगरपालिकाबाट केही ठोस कदम अगाडी बढाइने बताउनु भयो ।

कार्यक्रममा उहाँले मानव अधिकार समूहले पटक पटक खरका छाना मुक्त गाउँ बनाउन ध्यान केन्द्रित गराएका कारण नगरपालिकाले खरको छाना फेर्ने कार्य गरेको खड्काले जानकारी दिनु भयो ।

कार्यक्रममा मानव अधिकार समूह छेडागाड नगरपालिकाका संयोजक नन्दबहादुर खड्काले मानव अधिकार समूहले नगरपालिकामा आवास बिहिनलाई आवास र खरमुक्त घरको लागि धेरै पटक मागदावी, ध्यानाकर्षण पत्र बुझाएको बताउनु भयो ।

कार्यक्रममा छेडागाड नगरपालिकाका कर्मचारी, स्थानीय, समाजसेवी लगायतको जनाको उपस्थिती रहेको थियो ।

Photo20210907Jajarkot

अन्य

भिडियो