INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय, धनगढीको सहयोग तथा पुर्वीचौकी गाउँपालिका मानव अधिकार समूहको आयोजनामा स्थानीय सरोकारवालाहरुसँग स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २१ गते पुर्वीचौकी गाउँपालिकामा सम्पन्न भएको छ ।

नागरिकलाई स्वास्थ्य सेवामा पहुँच अभिबृद्धि गर्न र स्वास्थ्य उपचारका सन्दर्भमा स्थानीय नागरिकहरुसँग जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक भएको पुर्वीचौकी गाउँपालिकाका प्रमुख रामप्रसाद पाठकले बताउनु भयो ।

उहाले अधिकांश सेवाग्राहीहरु बिरामी नहुँदै अस्पतालमा आएर विभिन्न प्रकारका औषधिहरु माग्ने गरको र डाक्टरले दिनु भएको सुझाव सल्लाहहरु नै नमान्ने गरेका कारण स्थानीय नागरिकहरुलाई स्वास्थ्य जनचेतनाको आवश्यकता परेको उहाँले बताउनु भयो ।

स्थानीय डम्बरी खडकाले स्थानीय सेवाग्राहीसँग डाक्टरहरु झर्किने गरेको र अधिकांश महिलाहरुले डाक्टरहरुलाई आफ्नो स्वास्थ्य समस्या नै भन्न लजाउने गरेको बताउनु भयो ।

अस्पतालबाट पाइने निशुल्क औषधि तथा सेवाका सम्बन्धमा सूचना बोर्डमा अनिवार्य रुपमा उल्लेख गरी टास गर्न पनि उहाँले सुझाव दिनु भयो ।

सानागाउँ स्वास्थ्य चौकीका मेडिकल अधिकृत अङ्कित रेग्मीले सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रवाह गर्न आफूहरु प्रतिवद्ध रहेको बताउनु भयो ।

पुर्वीचौकी गाउँपालिका स्तरीय मानव अधिकार समूहका सयोजक गंगा बि.कले स्थानीय नागरिकहरुमा स्वास्थ्य सचेतनाको अभाव रहेकोले गाउँपालिकाले स्थानीयहरुका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनु भयो ।

photo20210906doti (2)

photo20210906doti (1)

अन्य

भिडियो