INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तर्गत अनौपचाकि क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चि प्रदेश कार्यालय, धनगढी र गोदावरी नगरपालिका स्तरीय मानव अधिकार समुहको सहकार्यमा  स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ १५ गते अत्तरियामा सम्पन्न भएको छ ।

गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले नगरपालिकाका सबै वडाका शहरी स्वास्थ्य इकाईमार्फत स्वास्थ्य सेवालाई थप प्रभावकारी  बनाउँदै लैजाने योजना रहेको बताउनु भयो । उहाँले  बिपन्न समुदायका व्यक्ति, अपाङ्गता भएका व्यक्तिहरु र नगरपालिकाका सबै नागरिकहरुलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्नु भयो ।

गोदावरी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीले स्वास्थ्य इकाईमा औषधिको अभाव हुन नदिन समयमै औषधिको माग फारम भरेर पठाउने गरिएको र नगरपालिकाले पनि सहयोग गर्दै आएको बताउनु भयो ।

गोदावरी नगरपालिका–११ का अध्यक्ष शिवबहादुर विकले भौगोलिक विकटताका कारण वडा नम्बर ११ र १२ का नागरिहरुको स्वास्थ्य सेवामा पहुँच नभएकोले यसतर्फ नगरपालिकाले ध्यान दिनु पर्ने बताउनु भयो ।

गोदावरी नगरपालिका–११ का स्थानीय रामबहादुर मलासीले स्वास्थ्य चैकीमा ल्याव, कीट र औषधिको अभाव हुने गरेकोले स्थानीयलाई स्वास्थ्य सेवा पाउन समस्या भएको बताउनु भयो ।

स्थानीय कौशिला सिंहले पहुँचको आधारमा कोभिड—१९ विरुद्धको खोप लगाउँदा वडा नम्बर २ का नागरिकहरु खोप लगाउनबाट वञ्चित भएको गुनासो गर्नु भयोे ।

photo20210901kailali (2)

photo20210901kailali (1)

अन्य

भिडियो