INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूह पुनर्गठन

खाँडाचक्र नगरपालिकामा रहेको मानव अधिकार समूह पुनर्गठन गरिएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समूदायको स्वास्थ्य, शिक्षा, खाद्य र आवासको अधिकार (कियोस) परियोजना अन्तर्गत गठित मानव अधिकार समूहको भदौ १० गते पूनर्गठन गरिएको हो ।

खाँडाचक्र नपा–९ निवासी अविसरा अधिकारीको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ ।

पुनर्गठित समूहको सह–संयोजकमा दक्षीणा शाही, सदस्यहरूमा डिल्लीप्रसाद चौलागाईँ, कपुरे विक, तुलाराज पाण्डे, मिसिरा शाही, जनक मल्ल, दिपक विक, प्रेणा विक, प्रेम नेपाली, मानवहादुर विक, मुना चौलागाईँ र दत्त विश्वकर्मा चयन भएका छन् ।

समूहको वैठकले खाँडाचक्र नगरपालिका भित्रका सबै घर खरमुक्त बनाउन स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

वैठकले यसअघि मानव अधिकार समूहको पहलमा खाँडाचक्र नगरपालिकाले खरले बनेका आठ सय घरधुरी मध्य एक सय घर खरमुक्त बनाएकोमा धन्यवाद दिँदै बाँकी सात सय घरलाई छिटो भन्दा छिटो खरमुक्त बनाउन ध्यानाकर्षण गराउने निणर्य गरेको  छ ।

Photo20210831 Kalikot

अन्य

भिडियो