INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जको आयोजना तथा डिसीए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरूको सुरक्षा तथा क्षमता अभिबृद्धी तालिम साउन ८ गते नेपालगञ्ज सम्पन्न भएको छ ।

तालिममा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले  इन्सेकको परिचय र मानव  अधिकार रक्षकहरुको संरक्षणमा इन्सेकको भूमिका, असहज  परिस्थितिमा माानव अधिकार रक्षकहरुले अपनाउने सुरक्षा र रणनीतिसम्बन्धी सहजिकरण  गर्नु भएको थियो ।

लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका संयोजक भोला महतले  मानव अधिकार रक्षकको परिभाषा,  अधिकार र दायित्वका विषयमा सहजिकरण गर्नु भएको थियो ।

photo2021072401banke

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्करबहादुर रावलले मानव अधिकार रक्षकसम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रावधान र राष्ट्रिय मानव अधिकार आयोगको  भूमिकासम्बन्धी सहजिकरण गर्नु भएको थियो ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय, बाँकेका डिएसपी मधुसुधन न्यौपानेले मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा नेपाल प्रहरीको भूमिका,  उपभाेक्ता हित सङ्रक्षण मञ्चका जिल्ला अध्यक्ष बसन्त गौतमले आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारको अनुगमन र इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जका प्रलेख अधिकृत विनोद पाण्डेले मानव अधिकार अभिलेखिकरणका विषयमा सहजिकरण गर्नु भएको थियो ।

डुडुवा गाउँपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका सचिव उदयराज जैसवालले तालिममा सिकेको ज्ञान र शिपलाई  मानव अधिकारको संरक्षण र सम्बद्र्धनका लागि व्यवहारतह लागु गर्ने बताउनु भयो ।

बैजनाथ गाउँपालिका स्तरीय मानव अधिकार रक्षक सञ्जालका सदस्य बबिता सिंहले तालिममा सिकेका विषय बस्तुले  स्थानीय स्तरमा काम गर्न सहज हुने बताउनु भयो ।

अन्य

भिडियो