INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको आरोपमा उजुरी

५० वर्षीया महिलालाई भगवानपुर गाउँपालिका-२ का ३५ वर्षीय रामनाथ यादवले पुस २६ गते बलात्कारको प्रयास गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस २६ गते उजुरी दिएको छ ।

पीडित परिवारका अनुसार पीडित महिलालाई आरोपितले पुस २६ गते बिहानको राति बलात्कारको प्रयास गरेकाले कारबाहीको माग गर्दै उजुरी दिइएको हो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद अस्तालमा पुस २६ गते भएको थियो ।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दका अनुसार घटनाको अनुसन्धान गरी कारबाही प्रक्रिया सुरू भइसकेको छ ।

अन्य

भिडियो