INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२२ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम ०७८ असार ३१ गते चौतारामा सम्पन्न भएको छ ।

photo20210715sindhupalchok2जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायधिवक्ता निमा घिमिरेको प्रमुख आतिथ्यतामा र गैर सरकारी संस्था महासङ्घ जिल्ला अध्यक्ष गोविन्द सापकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा इन्सेक प्रतिनिधिद्वारा ०७७ पुस १७ गतेदेखि ०७८ असार १६ गतेसम्मको ६ महिनामा सङ्कलन गरिएका २८ ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो ।

जसमा बालअधिकारसँग सम्बन्धित १५ ओटा घटनामा नौ ओटा बलात्कार र यौन दुर्व्यवहारका ६ ओटा रहेका छन् ।

त्यसैगरी महिला अधिकारका १३ वटा घटनाहरू मध्ये महिला हत्याका दुई, बलात्कार घटनाका पाँच र बलात्कार प्रयास तथा यौन दुुब्र्यवहारका पाँच तथा बहुविवाह एउटा घटना भएका छन् ।

photo20210715sindhupalchok3कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला सरकारी वकील कार्यालयका न्यायधिवक्ता निमा घिमिरेले मानव अधिकारको कार्यान्वयनको लागि नेपालको संविधानको प्रस्तावना देखि विभिन्न प्रावधानहरूमा व्यवस्था गरिएको हुँदा यसको संरक्षणमा सबैपक्ष क्रियाशील रहनुपर्ने बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत सुनिता पहरीले सबैको समन्वयमा मात्र मानव अधिकारको रक्षा हुने धारण राख्नुभयो ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिबोल के.सी.ले मानव अधिकारको संरक्षणमा प्रहरी सधैभरि प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

गैरसरकारी संस्था महासङ्घ केन्द्रीय सदस्य राजेन्द्र शर्माले मानव अधिकारलाई प्राकृतिक विपतसँग पनि जोड्नु पर्ने धारणा राख्नुभयो ।

जिल्ला बार इकाइका अध्यक्ष भूपेन्द्र थिङले इन्सेकको क्रियाशिलताले मानव अधिकार संरक्षणमा योगदान पुगेको बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले सबैले आ–आफ्नो कर्तव्य पालना गर्ने हो भने मानव अधिकार उल्लङ्घन नहुने बताउनुभयो ।

कार्यक्रममा महिला मानवअधिकार रक्षक रिना श्रेष्ठ, गैसस सचिव प्रकाश नेपाल, कानुन व्यवसायी शशीनाथ आचार्य, चन्द्र बस्नेत पत्रकार दीपक खत्रीले समेत जिल्लाको मानव अधिकार अवस्था बारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

photo20210715sindhupalchok4

अन्य

भिडियो