INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयकोे  आयोजनामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक असार २१ गतेदेखि पोखरामा सुरू भएको छ ।

कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक गण्डकी प्रदेश कार्यालय संयोजक शिव खकुरेलले मानवअधिकार संरक्षण र सम्बर्धनको लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिबृद्धि कार्यक्रम अन्तरगत गरिएको समिक्षा बैठकमा आगामी दिनमा गर्न सकिने कार्यक्रमहरूको योजनाबारे सुझाव र यस वर्ष भएका उपलब्धिहरूको समिक्षा गरिने बताउनुभयो ।

photo20210705Kaski1

स्थानीय तहलाई मानवअधिकार मैत्री बनाउने उद्देश्यले सञ्चालित कार्यक्रममा सहजकर्ताको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश कार्यालय पोखराकी कार्यक्रम अधिकृत सवनम शर्माले पछिल्लो एक वर्षमा स्थानीय तहमा भएका कार्यक्रमहरूको समिक्षा गरी आगामी वर्षको कार्ययोजना निर्माणका लागि बैठक आयोजना गरिएको बताउनुभयो । उहाँले गरेका कामहरूको सुक्ष्म अभिलेखिकरण गर्नुपर्ने भनाइ राख्नुभयो ।

photo20210705Kaski2

बैठकमा कास्की, तनहुँ र नवलपुर जिल्लाका जिल्ला सहजकर्ताहरूले कार्यक्रम सञ्चालित स्थानीय तहमा यस वर्ष सम्पन्न गरेका काम र त्यसबाट भएका उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए ।

photo20210705Kaski3

अन्य

भिडियो