INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार रक्षक सञ्जाल गठन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको आयोजनामा जिल्ला स्तरीय मानव अधिकार रक्षकहरूको सञ्जाल गठन भएको छ ।

मानव अधिकारका क्षेत्रमा कृयाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको मानव अधिकारका क्षेत्रमा वकालत तथा पैरवी गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कार्वाहीको दायरा सम्म पु¥याउने उदेश्यले फागुन २६ गते बुद्धि हमालको संयोजकत्वमा १३ सदस्यीय सञ्जाल गठन गरिएको छ ।

20210311 Salyan 1

अवस्थामा अधिकारकर्मीहरूलाई संगठित गर्दै मानव अधिकार रक्षकहरूको लागि जोखिम न्यूनीकरण तथा छुट्टै कानुनको व्यवस्था गर्न दबाव दिने उद्देश्यले सञ्जाल गठन गरिएको इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले बताउनुभयो ।

समृद्धिका लागि सहकार्य नेपालका अध्यक्ष सिता गिरी सह–संयोजक र दलित अगुवा प्रकाश नेपाली सह संयोजक रहनु साथै अधिवक्ता विष्णु शर्मा, गैसस महासंघका गुमानसिं नेपाली, महिला मानव अधिकार रक्षक संजालका अध्यक्ष सोविता बस्नेत, शिक्षिका शान्ती प्रभा पुरी शाह, पत्रकार महासंघका सरिता चलाउने, अधिकारकर्मी सुकदेव कसेरा, मानव अधिकार निगरानी समूहका अध्यक्ष मुना हमाल, पत्रकार बुद्धिमान पुन, विद्यार्थी राधिका कवर सदस्य तथा इन्सेक इएलपी परियोजना संयोजक रामचन्द्र रेग्मी सदस्य -सचिवको रूपमा रहनेगरी कार्य समिति निर्माण गरिएको छ ।

20210311 Salyan 3

20210311 Salyan 2

अन्य

भिडियो