INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायको प्रत्याभुति नै आजको आवश्यकता : प्रमुख के.सी.

सबैले न्याय पाएको प्रत्याभुत हुनु नै आजको मुख्य आवश्यकता रहेको बेनीमा आयोजित एक कार्यक्रममा वक्ताले बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीले आयोजना गरेको मानव अधिकार वर्ष पुस्तक–२०२१ को वार्षिक पूर्व समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर के.सीले सो कुरा बताउनुभएको हो ।

उहाँले आम जनताले आफूले न्याय पाएको प्रत्याभुत हुन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।

m

मानव अधिकारको क्षेत्र फराकिलो भएको हुनाले आफैमा यसलाई निक्र्यौल गर्न कठिन हुने भन्दै केसीले, अधिकारको सुनिश्चितताका लागि तटस्थ निकाय वा व्यक्तिको आवश्यकता हुनपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘कहीकतै आस्था राख्ने भएको खण्डमा गुण र दोष एक अर्कालाई लगाइने तर्फ पनि सबैले सोच्ने गरेका छन् ।’

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले राज्यले कानुन बमोजिम कुनै पनि काम गरेको र राज्यका निकायले गर्ने काम भनेको ज्यादती भन्दा पनि कानुन कार्यान्वन हुने गरेको बताउनुभयो ।

महिला, बालबालिका एवम् सबै क्षेत्र र समुदायमाथि कुनै पनि हालतमा ज्यादती गर्न नहुने सीडीओ अधिकारीको भनाइ थियो ।

m

कार्यक्रममा इन्सेक प्रतिनिधिले म्याग्दीमा जनवरी २०२० देखि अहिलेसम्म अभिलेख गरेका घटनाहरु प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेल, महिला मानवअधिकार रक्षक सञ्जालकी बिमला गौचन, मानव अधिकार तथा शान्ति समाजका हरिप्रसाद पौडेल, महिला मानव अधिकार मञ्चकी दिवा पुन, जिल्ला कारागार कार्यालय म्याग्दीका जेलर राजेन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।

अन्य

भिडियो