INSEC Online

📅 २०८३ जेष्ठ २१

अपाङ्गता भएकी बालिकासहित १७ बालिका यौन दुर्व्यवहारबाट पीडित

सप्तरीमा एक वर्षको अवधिमा बोल्न नसक्ने अपाङ्गता भएकी दुई बालिकासहित नौ जना पीडित भएका छन् । सन् २०१७ को अवधिमा बालिका बलात्कारका आठ घटनामा १३ वर्षीया दुई बालिकासहित नौ जना पीडित भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै एक वर्षभित्र बलात्कार प्रयासका आठ घटनामा आठ बालिका पीडित भएको उजुरी पछि कारबाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त एसपी ध्रुबकुमार श्रेष्ठले बताए । सन् २०१६ को अवधिमा बलात्कारबाट १८ जना र बलात्कार प्रयासबाट नौ जना बालिका पीडित भएको घटनामाथि कारबाही भएको थियो ।

सन् २०१७ को अवधिमा भएका आठ बालिका बलात्कारको घटनाका आरोपित १२ जनामध्ये पुपर्क्षका लागि चार जना राजविराज कारागारमा थुनामा पठाइएको जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाका अनुसार आरोपितमध्ये दुई जना धरौटी राखेर तारेखमा छन् भने प्रहरीले गिरफ्तार गर्न नसकेका पाँच जनालाई वारेण्टसहितको म्यादी पुर्जी जारी गरिएको छ ।

थुनामा रहेका एक आरोपितले विवाह गर्ने प्रतिबद्धता जनाएपछि पीडित ‘होस्टाइल’ हुँदा एक जनाले सफाई पाएको स्थानीयले बताएका छन् ।

यस्तै बलात्कार प्रयासका आठ घटनाका आठ आरोपितमध्ये पाँच जना पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यसैगरी एक जना धरौटी राखेर तारेखमा, एक जना गिरफ्तारीमा परेको र एक जना हालसम्म फेला नपरेको निमित्त एसपी श्रेष्ठले बताए ।

अन्य

भिडियो