INSEC Online

📅 २०८३ जेष्ठ २१

बहुविवाह गरेको कसुरमा एक-एक वर्षकैदको फैसला

बहुविवाहको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सूर्योदय नगरपालिका-१० का ३३ वर्षीय प्रेमविनोद साह र उनकी कान्छी पत्नी २५ वर्षीया भगवती कार्कीविरुद्ध जिल्ला अदालतले एक/एक वर्षकैद सजाय सुनाएको छ ।

न्यायाधीश इन्द्रकुमार चोङ्गटेलीको इजलाशले पुस २३ गते उनीहरूविरूद्ध जनही एक वर्षकैदसहित जनही १० हजार रुपियाँ जरिबानाको सजाय सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

प्रेमविनोदकी जेठी पत्नी ३१ वर्षीया पूजा थापा साहले पतिविरुद्ध साउन ५ गते बहुविवाह गरेको आरोपमा कारबाहीको माग गर्दै ०७४ साउन ८ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् ।

अन्य

भिडियो