INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा गण्डकी प्रदेशका जिल्ला प्रतिनिधिहरूका लागि कात्तिक १७ गते मानव अधिकार तथ्याङ्क अभिलेखिकरणसम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न गरिएको छ ।

इन्सेकले अभिलेख गरिराखेको मानवअधिकार प्रलेखिकरण डिजिटल प्रविधिमा अभिलेखन गर्ने उद्धेश्यले जिल्ला प्रतिनिधिहरूलाई अभिमुखीकरणका लागि तालिम आयोजना गरिएको हो ।

तलिमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक जिकास मन्त्री माननीय नरदेवी पुन मगरले इन्सेकले गरेको मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटनाको अनुगमन र अभिलेखिकरणले मुलुकको मानव अधिकार अवस्थालाई उजागर गर्न र राज्यलाई मानव अधिकार प्रति जिम्मेवार र जवाफदेही बनाउन मद्दत पुगेको छ भन्दै नयाँ प्रविधिको प्रयोगले अभिलेखिकरणलाई विश्वसनिय, तथ्यपरत र चुस्तदुरूस्त बनाउन सहयोग पुग्न विश्वास व्यक्त गर्नुभयो ।

गैसस महासङ्घ गण्डकी प्रदेश अध्यक्ष बिना सिलवालले इन्सेकले लामो समय देखि नेपालको मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको छ भन्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

तालिममा बोल्दै इन्सेकका मानव अधिकार प्रलेख तथा पैरवी विभाग प्रमुख श्रीराम बजगाईले धेरै भन्दा धेरै पीडित र पीडितका परिवारसँग नजिक रहेर मानव अधिकारको अभियानलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

अभिलेखिकरणको काम चुनौतीपूर्ण रहको बताउदै इन्सेकको अभिलेखलाई गुणस्तरीय बनाउनका लागि सफ्टवेयर तयार गरिएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक सरिता पुरीले घटना स्थलमा पुगेर अभिलेख गर्नका लागि एपलिकेसनले सहज बनाउने बताउनुभयो  ।

उहाँले घटनाहरू डिजिटलाईज रूपमा  अभिलेखिकरण गर्नका लागि तालिम फलदायी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले मानव अधिकार मूल्य र मान्यताका आधारमा काम गर्दै आएको बताउँदै नागरिकको मानव अधिकारको संरक्षणमा प्रभावकारी रूपमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

उहाँले  प्रलेखीकरण गर्ने मात्रै नभइ पीडित र पीडकहरूसँगको प्रत्यक्ष रूपमा भेट गरी घटनाको न्याय निरूपणको अवस्थासम्म अभिलेखिकरण गर्नुपर्ने बताउनुभयो ।

photo20201103kaski1

photo20201103kaski2

photo20201103kaski3

अन्य

भिडियो