INSEC Online

📅 २०८३ जेष्ठ २१

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्णः गैसस महासङ्घ अध्यक्ष

कोभिड–१९ को रोकथाप तथा नियन्त्रणमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने गैसस महासङ्घका अध्यक्ष जीताराम लामाले बताउनु भएको छ ।

कोभिड–१९ ले पारेको प्रभाव र नागरिक समाज तथा सञ्चार जगतको भूमिकाबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २४ गते काभ्रेमा गरेको भर्चुअल कार्यक्रममा गैसस महासङ्घका केन्द्रीय अध्यक्ष लामाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सङ्गठित/असङ्गठित नागरिक समाज र पत्रकारको भूमिका महत्वपूर्ण रहेने बताउनु भएको हो ।

photo20201110kavre1कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले चाडवाड नजिकिएसँगै भिडभाड बढेको र यसले कोभिड–१९ सङ्क्रमणको जेखिम बढाउने हुनाले नगरिक आफै सतर्क हुनुपर्ने बताउनु भयो ।

उहाँले जिल्लामा थप जोखिम हुन नदिन आवश्यक स्वास्थ्य मापदण्ड पालना गराउन सुरक्षाकर्मी परिचालन गरिएको भए पनि जनता आफै सचते हुनुपर्नेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीले नागरिक समाज र सञ्चार जगतको सहयोगले यस विषम परिस्थितिमा हुने अनियमितता रोख्न, जनतालाई जागरुप बनाउन र सरकारको कामलाई अनुगमन गर्ने कार्य नियमित बनाएको लगायतका विषयमा आफ्ना धारणा राख्नु भएको थियो ।

यसैगरी, जिल्लामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

डाक्टर झाले अस्पतालका आइसोलेशनमा कोभिड–१९ का सङ्क्रमितले ठाँउ नपाउने अवस्था रहेको हुँदा लक्षण नदेखिएका सङ्क्रमितहरूलाई होम आइसोलेशनमा बस्न आग्रह गर्नु भयो ।

उहाँले कोभिड–१९ का लक्षण भएका र स्वास्थ्य अवस्थमा जटिल हुनेहरूले मात्र अस्पतालको आइसोलेशनमा आउनु पर्ने अवस्था आएको बताउनु भयो ।

कोभिड–१९ सङ्क्रमण दर बढेपछि जिल्ला अदालतको कार्य सम्पादन रोकिएको जिल्ला बारका अध्यक्ष दिलकुमार मोक्तानले बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा तीन जना पत्रकार कोभिड–१९ सङ्क्रमण पुष्टि  भए पनि पत्रकारहरू जोखिम मोलेर जनतालाई सुसूचित गर्ने कार्यमा खटिरहेको बताउनु भयो  ।

कार्यक्रम इन्सेकका बागमती प्रदेश संयोजक कृष्ण गौतमले नागरिक समाज र सञ्चार जगतले कोभिड–१९ को रोकथाम नियन्त्रण र व्यवस्थापनमा गरेको कार्य महत्वपूर्ण रहेको बताउनु भयो  ।

अन्य

भिडियो