अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ स्थित अमर माविमा बाल अधिकार चेतना समूह गठन गरिएको छ ।
विद्यालयमा माघ ८ गते इन्सेक बागमती प्रदेश कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाकान्त गौतमको प्रमुख आतिथ्यतामा भएको बाल अधिकार सचेतना समुह गठन कार्यक्रममा संयोग हटुवालको अध्यक्षतामा १९ सदस्यीय बाल अधिकार चेतना समुह गठन भएको छ ।

समूहको उपाध्यक्षमा कृतिका खुलाल, सचिव बिनु बि.क, कोषाध्यक्ष आयुष्मा भण्डारी र सहसचिव पूर्णिमा बि.क चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा राशीका भट्टराई, सुबास थिङ, निर्जल बिडारी, सन्श्री लामा, अप्सरा जिम्बा, अन्जना बल, रचना कार्की, पाल्जोर जिम्बा, दिपेश दुलाल, सेजल बि.क, सृष्टि मगर, शिशीर सापकोटा, करेष्मा तामाङ र कबिता लोप्चन रहनुभएको छ ।
कार्यक्रममा इन्सेक प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले बाल अधिकार चेतना समूहले विद्यालयमा हुने विभिन्न कृयाकलापमा सहभागीता जनाउने र व्यक्तित्व विकासका विभिन्न कार्यक्रम गर्ने बताउनुभयो । समूहले शैक्षिक वातावरणमा सकरात्मक सहयोग गर्ने अपेक्षा राखेको विद्यालयका सहायक प्रधानाध्यापक विश्वराज भण्डारीले बताउनुभयो । विद्यालय प्रशासनलाई सचेत पार्दै बालमैत्री विद्यालय निर्माणमा सहयोगी भूमिका खेल्नुपर्ने सहायक प्रध्यानाध्यपक भण्डारीले बताउनुभयो । कार्यक्रममा विद्यालयका शिक्षा संयोजक शिक्षक रमेशकुमार बर्तौला,अतिरीक्त कार्यक्रम संयोजक शिक्षक डी.बी बर्तौला, इन्सेक बागमती प्रदेश प्रलेख अधिकृत सरिता दाहाल, इएलपी परियोजना सहजकर्ता सलीना गौतमलगायतको सहभागीता थियो ।

