मानव अधिकार संरक्षण सञ्जाल तथा मानव अधिकार संरक्षणका लागि राज्यको जवाफदेहीता र नागरिक सहभागिता अभिवृद्धि कार्यक्रमको अभिमूखिकरण कार्यक्रम ०७६ पुस २९ गते मन्थली नगरपालिमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।

इन्सेक र मानव अधिकार संरक्षण सञ्जालसंगको सहकार्यमा नगरस्तरीय सञ्जालको क्षमता विकास, शिक्षा, स्वास्थ्य, आवासलगायतका क्षेत्रमा बहस, पैरवी र सार्वजनिक सुनुवाई, बाल क्लवसँगको सहकार्यमा बाल अधिकार कार्यक्रम सञ्चालन गरिने जानकारी गराइएको थियो ।
मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँले मानव अधिकार संरक्षण सञ्जाल रामेछापले रामेछाप जिल्लामा सञ्चालन गरेको गतिविधिको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत हेमन्त बुढाथोकीले नगरपालिकामा शिक्षा, स्वास्थ्य र आवसलगायतको क्षेत्रमा भई रहेको कामको बारेमा जानकारी दिनुभयो ।
पालिकाका कानुनी सल्लाहकार सुदर्शन रायले पालिकालाई विधि र थितिमा ल्याउन धेरै समय खर्च गर्नुपरेको बताउनुभयो ।
सहभागिहरुले प्राथमिका स्वास्थ्य केन्द्र मन्थलीले दिने सेवा प्रभाकारी नभएको, लक्षित समुहमा अझै पनि बजेट कार्यक्रम नपुगेको, शिक्षामा आशा गरे अनुसार सुधार हुन नसकेको, मन्थलीमा घाट व्यवस्थापन हुन नसकेको, बजार अनुगमन प्रभावकारी हनु नसकेको, बजारमा पार्किङ क्षेत्र अस्तव्यस्त भएको तथा बजारको सडक जिर्ण भएकोले दुर्घटनाको डर बढेकोले यस क्षेत्रमा सुधार गर्न सुझाव दिनुभएको थियो ।
नागरिकका गुनासोलाई नगरप्रमुखलगायतको टिममा राखेर समस्या समाधानको तत्काल प्रयत्न गर्ने प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले प्रतिवद्धता व्यक्त गर्नुभयो ।