राप्ती नगरपालिकामा नगर स्तरीय मानव अधिकार समूह गठन गरिएको छ । २०७६ पुस १८ गते भएको भेलाले नगरका १३ वटा वडाका प्रतिनिधिहरु समेटिने गरी समूह गठन गरेको हो । समूहमा गीता वर्तौला, साधना थापा, मित्र पोखरेल, सरस्वती भेटवाल, उषा रुवाली, राजकुमार चौधरी, उमा विक, सोमबहादुर पुन, चन्द्रदेवी पुन, लिला तामाङ, राजु प्रजा, नविन प्रजा र कृष्ण प्रजा रहेका छन् ।

परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रमको आयोजना गरी मानव अधिकार समूह गठन गरिएको हो । कार्यक्रममा बोल्दै राप्ती नगर प्रमुख प्रभा वरालले मानव अधिकारको क्षेत्रमा गाउँ तहमा गएर काम गर्ने इन्सेक जस्तो संस्थाको भूमिका महत्पूर्ण रहेको बताउनुभयो ।
इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले स्थानीय तहसँग मानव अधिकारका विषयमा हातेमालो गरेर अघि वढ्ने उद्देश्यले कार्यक्रम ल्याइएको बताउनुभयो । यस परियोजना चितवनमा खैरहनी र राप्तीनगरपालिकामा ३ वर्षसम्म चल्नेछ ।
