INSEC Online

📅 २०८३ जेष्ठ २१

विकासमा नागरिक समाज र पत्रकारको साझेदारी आवश्यक

जिल्लाका नागरिक समाज र पत्रकारहरूले विकासका काममा शुसासन र पारदर्शिताका लागि सक्रियता बढाउन आवश्यक रहेको बताएका छन ।

युएसएआइडीको आर्थिक तथा एफएचआई ३६० को प्राविधिक सहयोगमा इन्सेकले पुस ३ गते सिन्धुलीमाढीमा आयोजना गरेको विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीचको अन्तक्रिया कार्यक्रममा सहभागीले त्यस्तो बताएका हुन् ।

नागरिक समाजः साझा जबाफदेहिता परियोजनाअन्तर्गत गरिएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य द्वारिका काफ्लेले नागरिक समाज र पत्रकारहरूको भूमिका विकासमा शुसासन कायम राख्न बढाउनुपर्ने बेला भएको बताउनुभयो ।

उहाँले नागरिक समाजले सञ्चालन गर्ने राम्रा कामलाई उजागर गर्नु र आफूभित्र स्वनियमन, अन्तरिक सुशासनको अभ्यास, पारदर्शिता र जबाफदेहिता कायम राख्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

सुखी नेपाली, सम्मृद्ध नेपाल बनाउन नागरिक समाज, सञ्चार जगत र सरकारको दायित्व भएको बताउँदै नागरिक समाजमाथि लाग्दै आएको आरोपलाई चिर्न पनि शुसासन आवश्यक रहेको उहाँको भनाइ छ ।

गैरसरकारी संस्था महासङ्घ सिन्धुलीका अध्यक्ष बेदराज दाहालले जिल्लामा निर्वाचित जनप्रतिनिधिहरूले समेत आफ्ना काम र सम्पत्ति विवरण सार्वजनिक गर्न नखोजेको बताउँदै नागरिक समाजले नै यसलाई सुरुआत गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले गैसस र पत्रकारिता क्षेत्रले व्यवस्था परिवर्तन गर्न, अधिकार स्थापित गर्न र समाज विकासका हरेक चरणमा योगदान दिएको भन्दै सरकार, नागरिक समाज र पत्रकारबीच हातेमालो आवश्यक रहेको बताउनुभयो ।

सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष अमरेशचन्द्र बैदारले नागरिक समाज र पत्रकार राजनीति भन्दा बाहिर रहेर काम गर्न आवश्यक रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ सिन्धुलीका उपाध्यक्ष टिकाजङ्ग थापाले विकासे साझेदार निकायहरूलाई पारदर्शी र जबाफदेही बनाउन सञ्चार क्षेत्र र नागरिक समाजले निगरानी तथा पैरवी गर्न आवश्यक रहेकोे बताउनुभयो ।

लघु उद्यमी समूह सङ्घ प्रदेश ३ की अध्यक्ष तोतादेवी बोगटीले नागरिक सङ्घसंस्था, तीन तहका सरकार र अन्य सरोकारवालाका सुशासनका विषयहरू सञ्चारजगतले खोज्न जरुरी रहेको बताउनुभयो ।

photo20191219sindhuli (1)

photo20191219sindhuli (2)

photo20191219sindhuli (3)

photo20191219sindhuli (4)

photo20191219sindhuli (5)

photo20191219sindhuli (6)

photo20191219sindhuli (7)

अन्य

भिडियो