INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्यचौकी खोप लगाउने ठाँउ मात्र भएको अवधारणा हटाउन पर्नेमा जोड

सर्वसाधारणहरूमा स्वास्थ्य चौकी औषधि उपचारको लागि नभई खोप लगाउने ठाँउ मात्र भएको अवधारणा रहेको र त्यसलाई हटाउन जनचेतना फैलाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

उक्त कुरा मङ्सिर २५ गते इएलपी अन्र्तगत इन्सेक नेपालगञ्जको आयोजनामा भएको बाँसगढी नगरपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी सरोकारवाला बीच अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले बताउनु भएको हो ।

सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम जनताले स्वीकार गरेर अभ्यासमा गएको भएपनि सम्बन्धीत निकायबाट दिइने सुविधा प्रभावकारी नभएको आक्रोश पनि सहभागीले पोखेका थिए ।

स्वास्थ्य बिमाका प्रभावकारी कार्यान्वयनका लागि बाँसगढी नगरपालिकाको स्वास्थ्य शाखाले सम्बन्धीत निकायसँग छलफल गरी प्रभावकारी बनाउनको लागि सम्बन्धित निकायमा पहल गर्नु पर्ने बताउनु भयो । सो अवसरमा सेनेटरी प्याड निःशुल्क तथा विद्यालयहरूमा अनिवार्य हुनुपर्ने पनि माग गर्नु भएको थियो ।

बाँसगढी नगरपालिका १ का वडाध्यक्ष जयराज पाण्डेले स्वास्थ्य चौकी खोप लगाउने ठाउँ मात्र हो भन्ने धारणा सर्वसाधारणमा रहेको कुरा सही रहेको र अब स्वास्थ्य चौकी औषधि उपचार गर्नका लागि पनि हो भन्ने विश्वास दिलाउने तथा जनचेतना फैलाउन बताउनु भयो ।

आफूले जनचेतना मुलक कार्यक्रम गर्ने बताउनु भयो । साथै छिटै नै वडा नं. १ को स्वास्थ्यचौकीमा वर्थिङ सेन्टर राख्ने योजना भएको बताउनु भयो ।

बाँसगढी नपाको स्वास्थ्य शाखा प्रमुख धन रेग्मीले स्वास्थ्य अधिकारको संवैधानिक व्यवस्था नीति र प्रावधान बताउँदै नगरपालिकाको स्वास्थ्य चौकीहरूमा सेवाहरूको व्यवस्था भएको बताउनु भयो ।

सेवाहरू बच्चाहरूको सम्पूर्ण खोप निःशुल्क तथा समयमा लगाइने, परिवार नियोजन, एचआइभी, औष्धिको लागि २० लाख रुपियाँ छुट्याएको र २ देखि ३ लाख रुपियाँ नगरपालिकाले छुट्याएको तथा स्वास्थ्यको लागि सर्वसुलभ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव अधिकार समूहका अध्यक्ष जनक परियारले स्वास्थ्यमा सबैको विशेष तथा समान अधिकार हुनुपर्ने बताउदै स्वास्थ्य चौकी खोप लगाउनको लागि मात्र नभई औषधि उपचारको लागि पनि प्रभावकारी हुनु पर्ने बताउनु भयो ।

इन्सेक प्रदेश ५ कार्यालय नेपालगञ्जका फोकल पर्सन सरस्वती मल्लले कार्यक्रमको उद्देश्य बारेमा जानकारी दिनुभएको थियो ।

photo20191214bardiya (1)

photo20191214bardiya (2)

photo20191214bardiya (3)

photo20191214bardiya (4)

अन्य

भिडियो