फेदिखोला गाँउपालिकामा “समानताको पुस्ता, बलात्कारविरूद्धको ऐक्यबद्धता” भन्ने नाराका साथ लैङ्गिक हिंसाविरूद्ध १६ दिने अभियान अन्तर्गत मङ्सिर २१ गते कार्यक्रम सम्पन्न भएको गरिएको छ ।
फेदिखोला गाउँपालिका, हरियो वन र इन्सेकको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले समाजमा हुने हिंसाको न्यूनीकरण गर्नका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउँदै महिलामाथि हुने विभिन्न प्रकारका दुव्र्यवहार न्यूनीकरण गर्नको लागि यस प्रकारका कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो ।
महिला माथि हुने हिंसाको बारेमा महिला आफैँ पनि सचेत भएको खण्डमा महिला हिंसालाई केही हदसम्म कम गर्न सकिने गाँउपालिका उपाध्यक्ष देवी थापाले बताउनुभयो ।



