INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा बालबालिका र महिलाका लागि न्यायमा पहुँच विषयक अन्तरक्रिया सम्पन्न

लैङ्गिक विभेदमा आधारित हिंसाविरूद्घको १६ दिने देशव्यापी अभियानका क्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले मङ्सिर ९ गते महिला र बालबालिकाबीच एक दिने नागरिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।

इन्सेकले इनरूवा नगरपालिका–९ बबियाको सरस्वती माध्यमिक विद्यालयमा न्यायमा पहुँच विषयक अन्तरक्रिया र सम्वाद कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रियामा अधिकारकर्मी तोया गिरीले राज्यले बालबालिका र महिलाको न्यायमा पहुँचका लागि पैरवी गर्नुपर्ने बताउनु भयो ।

उहाँले बालबालिकालाई सबै क्षेत्रमा पहुँच बनाउनका लागि स्थानीय सरकारले पनि भूमिका खेल्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईले हिंसा सहेर नबस्ने र हिंसा नगर्ने प्रणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

शिक्षक तेजनारायण यादवले सबैलाई लैङ्गिक हिंसाको विषयमा जानकारी दिएर हिंसा विरूद्घ आवाज उठाउन सचेतना र शिक्षा फैलाउनु पर्ने बताउनु भयो ।

शिक्षक रमानन्द मण्डलले इन्सेकले छोटो समयमा लैङ्गिक हिंसाविरूद्ध अभियानको बारेमा धेरै जानकारी दिएको बताउनु भयो ।

photo20191126sunsari

अन्य

भिडियो