नागरिक सङ्गठनहरू खुम्चेर रहेको वर्तमान अवस्थामा सङ्गठित भएर क्रियाशील हुनका लागि नागरिक समाज र सञ्चार जगतको साझा प्रतिबद्धताको खाँचो रहेको गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र शर्माले जोड दिएका छन् ।
इन्सेक सिन्धुपाल्चोकद्वारा पारस्परिक जबाफदेहिता परियोजना अन्र्तगत असोज ९ गते चौतारामा आयोजित विकासका लागि नागरिक समाज तथा सञ्चार जगतको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा शर्माले सो कुरामा जोड दिएका हुन् ।
वर्तमान परिवेशमा नागरिक सङ्ठनहरू एकजुट भएर सशक्त नहुने हो भने नागरिक सङ्गठनहरूको अस्तित्व लोप हुनसक्ने सम्भावना रहेको समेत शर्माले औँल्याए ।
नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष ज्ञानेन्द्र तिमल्सिनाले विधिमा चल्न नसकेकै कारण नागरिक समाज र सञ्चार जगतको भूमिका खुम्चन पुगेको बताए ।
नेपाल बार एकाईका सदस्य सशिनाथ आर्चायले नागरिक सङ्गठनहरूको संस्थागत परिपाटीमा कमजोरी रहेको बताए ।



