अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना गरेको नेपाल मनव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार २२ गते गरिएको छ ।
सन् २०१९ जनवारीदेखि जुलाई ६ सम्म ६ महिनाको अवधिमा घटेका मानव अधिकार उललङ्घन तथा ज्यादतीका घटना सार्वजनिक गरिएको हो ।
कार्यक्रममा इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीले बलात्कारका घटनाबाट १६ जना, बलात्कार प्रयासका घटनामा दुई जना, बाल यौन दुर्व्यवहारका घटनामा दुई जना पीडित भएको बताइन् ।
यो अवधिमा अन्य पक्षबाट दई जनाको हत्या, बहुविवाहको घटनामा सात जना महिला पीडित भएको र अपराधिक घटनामा संलग्न रहेको अभियोगमा राज्य पक्षबाट तीन जना विप्लव समूहका कार्यकर्ता नियन्त्रणमा लिएको छ । यसैगरी घरेलु हिंसाबाट १ सय ८ जना महिलाहरू पीडित भएका छन् ।
कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले अपराध न्यूनीकरण गर्न प्रहरीलाई समुदायको सहयोग आवश्यक रहेको बताए ।
गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाई)ले पछिल्लो समयमा अपराधका घटना बढ्दै गएको बताउँदै अझैपनि कतिपय घटनाहरू प्रहरीसम्म नआई लुकेर रहने भएकाले लुकेका घटना पनि खोज्नु पर्ने औँल्याए ।
नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष पुष्करराज बुढाथोकीले बस्ती बाक्लिँदै आएसँगै नयाँ अनुहार थपिँदै जाँदा अपराध पनि बढ्दै गएको बताए ।
मानव अधिकार सञ्जाल भक्तपुरका उपाध्यक्ष रमेश गिरीले राजनीतिक पहुँचका आधारमा पनि मानव अधिकार हनन्का घटना बढ्दै गएको बताउँदै कानुनी व्यवस्थालाई कार्यान्वयन गर्दै जान सके अपराध घटने बताए ।
