INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १७ गते रौतहटमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।

इन्सेक रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाले ६ महिनाको मानव अधिकार स्थितिको बारेमा प्रतिवेदन पस्तुत गरेकी थिइन् ।

६ महिनाको अवधिमा रौतहटमा बहुविवाहका नौ, यौन दुर्व्यवहारका दुई, हत्या प्रयासका तीन, अप्राकृतिक मैथुनको एक, हत्याका पाँच, बलात्कारका १५, बलात्कार प्रयास तीन, कथित बोक्सी आरोपका दुईसमेत ४० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू सङ्कलन गरिएको तिमल्सिनाले जानकारी दिइन् । यि घटनाहरूमा २० महिला, ११ पुरुष,  दुई बालक र २० जना बालिका पीडित भएका अभिलेख छ ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर सिवाकोटीले इन्सेकले मानव अधिकारको समग्र अवस्थालाई समेटी मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको कामलाई सरहानीय भन्दै प्रसंशा गरे ।

प्रेस युनियनका केन्द्रीय सदस्य सञ्जय कार्कीले वर्ष पुस्तकमा समेटिएका घटनाहरूको फलोअप रेकर्ड पनि प्रस्तत हुनुपर्ने बताए । महिला अधिकारकर्मी देवकी नेपालले इन्सेकलाई जनचेतनामूलक कार्यक्रमहरु गर्न सुझाव दिइन् ।

photo20190706rautahat

अन्य

भिडियो