अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न भएको छ ।
इन्सेक मुगुले सदरमुकाम गमगढीमा असार १४ गते आयोजित कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि जीवन सेजुवालले प्रस्तुत गरेका थिए ।
सेजुवाmका अनुसार ६ महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका १६ ओटा घटना अभिलेख गरिएको छ ।
जसमध्ये राज्य पक्षबाट गिरप्तारीका चार, स्वास्थ्य अधिकारसम्बन्धी तीन, बाल अधिकारसम्बन्धी एक, जातीय छुवाछुतको एक, घरेलु हिंसाका दुई, बलात्कारको एक, बलात्कार प्रयासको एक, आर्थिक अधिकारसम्बन्धी एक र अमानवीय व्यवहारको एउटा घटना छन् ।
नेपाल पत्रकार महासङ्घ मुगुका अध्यक्ष नृपेन्द्र मल्लले इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरी नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्ने कार्यले राज्यलाई सचेत र पीडितलाई न्यायको लागि सहयोग पुगेको बताए र
नेपाली कांग्रेस मुगु जिल्ला कार्य समितिका सदस्य सिंहबहादुर मल्लले द्वन्द्वकाल, २०६२–०६३ को जनआन्दोलनमा योगदान पुर्याएको स्मरण गर्दै अहिलेको सङ्घीय संररचनामा इन्सेकले प्रकाशन गर्ने नेपाल मानव अधिकार वर्ष पुस्तकले अधिकारका निम्ति ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
सत्तारूढ दल नेकपा मुगुका अध्यक्ष सुकबिर बुढाले जुनसुकै पक्षबाट भएका मानव अधिकार उल्लङ्घनका घटनालाई विशेष जोड दिएको पाइएकाले मानव अधिकारको रक्षा, संरक्षण, सम्बद्र्धनका लागि राजनीतिक दल सचेत हुनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले इन्सेकले प्रकाशन गर्ने वर्ष पुस्तक एक विश्वसनीय दस्तावेज बनेको बताउँदै पीडितलाई न्याय र आरोपितलाई कानुनी प्रक्रियामा ल्याउन समेत सहयोग पुर्याएको बताए ।

जीवन सेजुवाल