अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अयोजनामा असार १० गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा तानसेनमा सम्पन्न भएको छ ।

इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले बलात्कार र बलात्कार प्रयासका ११ ओटा, हत्याका दुई ओटा, मानव बेचबिखनको एउटा, कुटपिटको एउटा, गिरफ्तारीका तीन ओटा, घरेलु हिंसाका ३० ओटा गरी ४८ ओटा घटनाका साथै शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकमार यादवले स्थानीय सरकारको निर्माणपछि अधिकांश अधिकार स्थानीय तहमै जाँदा पनि शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको अवस्था सुधार नहुनु दुखद् भएको बताए । उनले मानव अधिकार प्रवर्धनका लागि सुरक्षा निकाय सदैब तत्पर रहेको उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालयका एसपी बिश्वमणि पोखरेलले प्रहरी मानव अधिकारमैत्री भएरै अगाडि बढेको बताए ।
यज्ञमूर्ति तिमिल्सिना