INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया र २४ वर्षीया दुई जना युवतीलाई पुस १६ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले सुर्खेतका ४३ वर्षीय निरज गुरुङ र ३१ वर्षीय मनोज गिरीलाई पुस १६ गते गिरफ्तार गरेको छ ।

नेपालगञ्जको सुर्खेतरोडस्थित होटल सिग्नेटमाबाट पीडितले फोन गरेर घटनाका बारेमा जानकारी गराएपछि गिरफ्तार गरी अनुंसन्धान अघि बढाएको छ । पीडितको स्वास्थ्य परीक्षण भेरी अञ्चल अस्पतालमा भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्र अर्यालले घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताए । उनले मेडिकल रिपोर्टको पर्खाइमा रहेको बताए ।

अन्य

भिडियो