INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहलाई तालिम प्रदान

इन्सेक प्रदेश ३ कार्यालयको आयोजनामा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूलाई क्षमता अभिवृद्धि तालिम पुस १४ गते थुम्पाखरमा दिइएको छ ।

कार्यक्रममा ठूलोपाखर स्थित संसारीमाई माविको बाल अधिकार चेतना समूहका अध्यक्ष अनिल तामाङले नेपालमा बाल अधिकारको कुरा कानुनमा लेखिएता पनि व्यवहारमा भने बालबालिकाहरूले पाउन नसकेको बताए ।

त्यसैगरी थुम्पाखर स्थित कोल्दौङदेवी माविका बाल अधिकार चेतना समूहकी अध्यक्ष बिनिता थापाले बालबालिकाहरूले अझैपनि अधिकार खोज्न नसकेको बताइन् ।

कार्यक्रममा ठूलोपाखरमा रहेको दुई ओटा माध्यामिक विद्यालय र थुम्पाखरमा रहेको दुई ओटा  माध्यामिक विद्यालयका २४ जना बालबालिकाहरूको तालिममा सहभागिता रहेको इन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमले जानकारी दिए ।

दुई दिनसम्म सञ्चालन हुने तालिममा बाल अधिकारको परिभाषा, बाल अधिकारबारे राष्ट्रिय तथा अन्तराष्ट्रि कानुनहरू, बैठक बस्ने तरिकालगायतका विषयमा तालिम सञ्चालन हुने इन्सेक प्रदेश ३ का कार्यक्रम प्रमुख गणेश भण्डारीले बताए ।

नातिबावु धिताल

अन्य

भिडियो