INSEC Online

📅 २०८३ जेष्ठ २१

यस वर्ष ५५ मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख

बारामा यस वर्ष ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरिएको प्रतिवेदन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाराले एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।

Photo20181126Bara

कलैयास्थित बारा उद्योग वाणिज्य सङ्घको सभा हलमा मङ्सिर ९ गते आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा इन्सेक बारा जिल्ला प्रतिनिधि भोलानाथ पौडेलले मानव उल्लङ्घनका घटनाहरूको तथ्याङ्क प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार ११ ओटा हत्या, दुई ओटा बालविवाह, १२ ओटा बालयौन दुर्व्यवहार, १५ ओटा महिला हिंसाका घटना, तीन ओटा बहुबिबाह, एउटा हत्याको प्रयास र तीन ओटा आक्रमणका घटना छन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकीय अधिकृत शेरबहादुर थापाले वर्ष पुस्तक मानव अधिकारको दस्तावेज भएकाले केही घटना छुटेको हुन सक्ने भन्दै घटनाहरू नछुटाउन सुझाव दिए ।

राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उपसचिव विमल घिमिरले पिछडिएको समुदायको हक अधिकारलाई नेपाल मानव अधिकार वर्ष पुस्तकमा प्राथमिकताका साथ राख्नु पर्ने सुझाव दिए । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी रञ्जितसिंह राठौरले प्रतिवेदन हेरेर सुझव दिने बताए ।

भोलानाथ पौडेल

अन्य

भिडियो