INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा कार्यकम मङ्सिर ७ गते मार्तडीमा सम्पन्न गरिएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि पदमबहादुर सिंहले सन् २०१८ जनवरीदेखि हालसम्म सङ्कलित ४० ओटा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गरेका थिए ।

प्रस्तुत घटनामा घरेलु हिंसाका ३२, बलात्कार प्रयासका पाँच, मानव बेचबिखनको एक र हत्याका  दुई गरी ४० ओटा घटना रहेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चेतराज बरालले इन्सेकले विगतदेखि नै मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको दस्तावेजीकरण गर्दै राज्यलाई र समाजलाई सचेत गर्दै आएको बताए ।

उनले नेपाल मानव अधिकार वर्ष पुस्तकलाई अझ भरपर्दो र प्रभावकारी बनाउनका लागि घटनाहरू सत्यतथ्यमा अधारित हुनु पर्ने धारणा राखेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख उद्धवसिंह भाटले घरेलु हिंसा नियन्त्रण तथा सजाय ऐनमा रहेको मेलमिलापसम्बन्धी व्यवस्था अनुसार प्रहरीले घरेलु हिंसाका घटनामा मिलापत्रलाई प्राथामिकता दिएको बताए ।

पदमबहादुर सिंह

अन्य

भिडियो