INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्यूठानको आयोजनामा मङ्सिर ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा सम्पन्न गरिएको छ ।

Photo20181121Pyuthan (1)

इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेले जिल्लामा सन् २०१८ को जनवरिदेखि हालसम्म अभिलेख गरेका बाल अधिकारका आठ,  बलात्कारका चार, बलात्कार प्रयासका दुई, कुटपिटका चार, जातीय विभेदको एक, मानव बेचबिखनको एक, हत्याको एक, सम्पति क्षतिका दुई र घरेलु हिंसाका १८ गरी ४१ ओटा घटनाहरू प्रस्तुत गरेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले इन्सेकद्वारा प्रकाशिन नेपाल मानव अधिकार वर्षपुस्तक  एउटा महत्वपुर्ण दस्तावेज भएको बताए ।

Photo20181121Pyuthan (2)

उनले जिल्लामा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई अभिलेखिकरण गरी राज्यलाई देशको मानव अधिकारको अवस्था बारेमा जानकारी गराउने कार्यलाई समयानुकूल परिर्वतन गर्दै लैजान सुझाव दिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी निर्मल बुढाथोकीले नागरिक समाज र सुरक्षा निकाय जिल्लामा हुने मानव अधिकार उल्लङ्घनका घटनाहरूलाई न्यूनिकरण गर्न सँगसँगै मिलेर जानुपर्ने धाराणा  राखे  ।

रविन्द्र पाण्डे

अन्य

भिडियो