अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाका बारेमा समीक्षा गरिएको छ ।

एक वर्षभरिमा इन्सेक स्याङ्जाले सङ्कलन गरेका घटनाहरूको कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका ४४ ओटा घटना प्रस्तुत गरेका थिए ।
एक वर्षमा स्याङ्जामा २० ओटा बलत्कारका घटना, तीन ओटा बलत्कार प्रयासका घटना र २१ ओटा घरेलु हिंसाका घटना अभिलेख गरिएको इन्सेक प्रतिनिधि हिमलाल पराजुलीले बताए ।

प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले इन्सेकले मानव अधिकारको हनन् हुन नदिन महत्वपुर्ण भूमिका खेलेको बताउँदै अझै समाजमा लुकेर रहेका घटनाहरूलाई बाहिर ल्याउन आग्रह गरे ।
जिल्ला समन्वय समितिका उपप्रमुख दिलिपकुमार बगालेले स्वास्थ्य क्षेत्रमा देखिएको समस्या समाधानका लागि सबै निकाय जिम्मेवार भएर लाग्नु पर्ने बताउँदै औषधि व्यावसायीले मनोमानी गर्ने गरेको आरोप लगाए ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजकुमार लम्सालले सम्रगमा मानव अधिकारका घटनामा बृद्घि भएको नभइ पहिलापहिला घटना घटे पनि बाहिर नआउने र अहिले सञ्चार माध्याम एवम् सामाजिक सञ्जालको पहुँचले गर्दा घटना घटेपछि तत्काल थाहा पाइने हुँदा बढी भएको जस्तो लागेको बताए ।
हिमलाल पराजुली