INSEC Online

📅 २०८३ जेष्ठ २१

चलचित्र र सिरियलका प्रभावले बालविवाहः सरोकारवाला

पछिल्लो समय म्याग्दीमा बालविवाह बढ्नुको कारण चलचित्र र सिरियलको प्रभाव रहेको निश्कर्ष म्याग्दीमा आयोजित मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा बताइएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बिरबहादुर बुढामगरले चलचित्रको पर्दामा देखिने कहानीको प्रभाव बढ्दो भएका कारणले गर्दा धेरै बालविवाह तथा बहुविवाहका घटनाहरू आउने गरेको बताएका हुन् ।

डिएसपी बुढाले भने–‘म्याग्दीको गुर्जामा हालै जिल्ला प्रशासनको अगुवाइमा गएको शिविरमा नागरिकताको प्रमाणपत्र बनाउन आउने १७ वर्षका युवतीहरूले २/३ वर्षका बच्चा बोकेर आएका थिए ।’

सामान्यत यहाँ बजार क्षेत्रमा हुने बालविवाह तथा बहुविवाहमा केही घरायसी कारण भए पनि अधिकांश बाहिरको प्रभावले नै भएको बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लामा मानिसहरू धेरै फुर्सदिला भएको कारणले गर्दा अलिक बढी मानव अधिकार उल्लङ्घन तथा महिला हिंसाका घटनाहरू आएको बताए ।

राज्यको निकायबाट मानव अधिकारको रक्षाको लागि कुनै कसर बाँकी नराखिएको बताउँदै अधिकारीले इन्सेकले गरेको कार्यक्रममा नागरिक समाजका सबै जसो सङ्घसंस्थाको उपस्थितिमा भएको कार्यक्रम ऐतिहासिक भएको बताए ।

उक्त अवसरमा इन्सेक म्याग्दीका प्रतिनिधि अमृत बास्कुनेले पेश गरेका २५ ओटा घटनामाथि छलफल गरिएको थियो ।

अमृत बास्कुने

अन्य

भिडियो