INSEC Online

📅 २०८३ जेष्ठ २१

बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ नेपालगञ्जको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम असोज १८ गते घोराहीमा  सुरू गरिएको छ ।

इन्सेकद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लामा सञ्चालित विद्यालयका बाल अधिकार चेतना समूहका सदस्य, संरक्षक शिक्षक, युवा समूहका पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको इन्सेक प्रदेश ५ का संयोजक भोला महतले बताए ।

तालिममा इन्सेक अभियान र मानव अधिकार, बाल अधिकार, नेपालको संविधानमा शिक्षाको अधिकार र बालमनोविज्ञान, बालमैत्री विद्यालय र दण्डरहित शिक्षा, बाल भित्ते पत्रिका प्रकाशन, बाल अधिकार प्रवर्धनमा स्थानीय तहको भूमिका, समस्या पहिचान र आर्थिक कार्ययोजना निर्माणका विषयमा प्रशिक्षण दिइएको कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताइन् ।

गोग्ली मावि, झिङनी मावि, जयशेर मावि रावतगाउ र जजरागाउँ माविका २५ जनाको तालिममा सहभागिता रहेको छ ।

इन्सेक प्रदेश संयोजक भोला महत, जिल्लास्तरीय मानव अधिकार निगरानी समुहका संयोजक केशवकुमार शर्मा, उपप्राध्यापक दुर्गालाल केसी र पत्रकार शरद अधिकारीले सहजीकरण गर्ने फोकल पर्सन मल्लले बताइन् ।

photo20181005dang (1)

photo20181005dang (2)

जे.एन.सागर

अन्य

भिडियो