INSEC Online

📅 २०८३ जेष्ठ २१

सामाजिक संस्था र स्थानीय तहको भूमिका बारे छलफल

नागरिक समाज र स्थानीय तहको भूमिकाको बारेमा इन्सेकले रामेछापका सरोकारवालासँग छलफल गरेको छ ।

पारस्परिक जबाफदेहिता कार्यक्रमका संयोजक श्रीराम बजागार्इँले असोज ९ गते जिल्लाका पत्रकार, नागरिक समाजका अगुवा तथा निर्वाचित जनप्रतिनिधिहरूसँग समेत भेटघाट गरी नागरिक समाज र स्थानीय तहको भूमिकाको बारेमा छलफल गरेका थिए ।

Photo20180926Ramechhap (1)

छलफलका क्रममा पत्रकारहरूले देशमा हालै जारी भएको देवानी र फौजदारी संहिताको बारेमा निर्वाचित जप्रतिनिधि तथा नागरिकलाई पनि ज्ञान नहुँदा समस्या आएको बताए ।

उनीहरूले निर्वाचित जनप्रतिनिधिहरू अझै पनि नागरिकहरूको बिचमा घुलमिल हुन नसकेका तथा नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेका बताए ।

Photo20180926Ramechhap (2)

कार्यक्रममा नागरिक समाजका अगुवाहरूले जनप्रतिनिधि र नागरिक समाजबिचको सम्बन्ध जुन हिसावले सुमधुर हुनुपर्ने त्यस्तो हुन नसकेको बताए ।

नागरिक समाजलाई निर्वाचित जनप्रतिनिधिहरूले प्रतिपक्षको व्यवहार गर्ने गरेको नागरिक अगुवाहरूको गुनासो थियो ।

छलफलको क्रममा मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले नागरिक संस्थाहरूको बारेमा केन्द्र र स्थानीय सरकारकाबिच अस्पष्टताकै कारण अन्योलता रहेको बताइन् ।

नवराज पथिक

अन्य

भिडियो