INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ७ नं प्रदेश कार्यालय, धनगढीको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिबृद्धि तालिम भदौ ५ गते धनगढीमा सम्पन्न गरिएको छ ।

Photo20180821Kailali (4)

बाल अधिकार चेतना समूहका सदस्यहरूको चौतर्फी विकास गर्न र विद्यालयलाई बाल अधिकारमैत्री बनाउन आवश्यक रहेको बताउँदै इन्सेक ७ नं प्रदेश कार्यालयका संयोजक खडकराज जोशीले दुई दिनको तालिममा बाल अधिकार, बाल अधिकारको ऐतिहासिक विकासक्रम, बाल अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था, बालश्रम, सङ्गठन व्यवस्थापन, नेतृत्व शैली र बाल अधिकार चेतना समूहको गठन प्रक्रिया र यसको जिम्मेवारी विषयमा सहजीकरण गरिएको जानकारी दिए ।

तालिम अवधिमा बालबालिकाको बारेमा धेरै जानकारी पाएको बताउँदै तालिममा सहभागी राष्ट्रिय मावि, कञ्चनपुर बाल अधिकार चेतना समूहका सदस्य निशा ओझाले आफूले सिकेका विषयवस्तुबारे साथीहरूलाई सिकाउनुका साथै व्यवहारिक रूपमा पनि लागु गर्ने बताइन् ।

Photo20180821Kailali (3)

तालिम अवधिमा समेटिएका विषयबस्तु विद्यार्थीहरूका लागि अति महत्वपुर्ण रहेको बताउँदै सहभागी शिक्षक केशवराज अवस्थीले शिक्षकहरूका लागि पनि यो तालिम उपलब्धिमूलक रहेको बताए । उनले विद्यालयलाई बाल अधिकारमैत्री बनाउनु पर्नेमा जोड दिदैं बाल अधिकार संरक्षण र सम्बर्द्धनका लागि शिक्षकको भूमिका र जिम्मेवारी पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

Photo20180821Kailali (2)

भदौ ४ गतेदेखि सुरू भएको तालिममा कञ्चनपुर र कैलाली जिल्लाका आठ वटा विद्यालयका बाल अधिकार चेतना समूहका सदस्यहरू र बाल अधिकार चेतना समूहका संरक्षक शिक्षकहरूको सहभागिता रहेको थियो ।

रविना चौधरी

अन्य

भिडियो