इन्सेकद्वारा जिल्लामा सञ्चालित स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक असार १८ गते जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा सम्पन्न गरिएको छ ।

जिल्ला समन्वय समितिकी कार्यवहाक प्रमुख पवित्रा पौडेलको अध्यक्षतामा सम्पन्न सो बैठकमा सहभागीहरूले इन्सेकले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारिता र महत्वको बारेमा मन्तव्य राखेका थिए । जिल्लामा सञ्चालित परियोजनाबारे जिल्लास्तरका सरोकारवालाहरूलाई जानकारी गराई आवश्यक प्रतिक्रिया, सल्लाह र सुझाव लिने उद्धेश्यले सो बैठक आयोजना गरिएको हो ।
बैठकको अध्यक्षता गर्दै समन्वय समितिकी कार्यवहाक प्रमुख पौडेलले इन्सेकले नागरिकहरूमा अधिकार प्रति सचेतना जगाउने काम गरेकोमा धन्यवाद दिइन् । उनले यस खाले कार्यक्रम जिल्लाका अन्य स्थानीय तहहरूपमा पनि सञ्चालन गर्न आवश्यक रहेको बताइन् ।
त्यस्तै म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले इन्सेकले सञ्चालन गरेको कार्यक्रमका कारण गाउँपालिकालाई कार्यक्रम र योजना बनाउन सहयोग मिलेको बताइन् । उनले नागरिकहरू आफ्नो अधिकार र कतर्व्यको बारेमा सचेत भई माग दावी गर्न आउने क्रम बढेको बताइन् ।
प्रकाशचन्द्र भट्टराई