INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीय तहको महसुस सर्वसाधारणले गर्न पाएका छैनन्ः सदस्य पौडेल

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले मानव अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले अब सामाजिक, सांस्कृतिक अधिकारबारे छलफल अगाडि बढाउनुपर्ने र समाचार सङ्कलन गर्नुपर्ने बेला आएको बताएका छन् ।

Photo20180618Palpa

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना तथा नेपाल पत्रकार महासङ्घ पाल्पा र इन्सेकको पहलमा गठन भएको मानव अधिकार निगरानी समूहको समन्वयमा असार ४ गते बाट तानसेनमा सुरू भएको मानव अधिकार र सञ्चार विषयक दुई दिने तालिमका अवसरमा उनले सो कुरा बताएका हुन् ।

सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भनिएपछि खास सर्वसाधारणले त्यसको अनुभव गर्न नपाएको बताउँदै उनले यस कार्यमा सञ्चारकर्मीहरूले कलम चलाउनुपर्ने बताए ।

तालिममा मानव अधिकार आयोगका उपनिर्देशक यज्ञप्रसाद अधिकारी, चन्द्रकान्त चापागाईलगायतले सहजीकरण गरेका छन् । तालिममा पाल्पामा क्रियाशील मानव अधिकारकर्मी र पत्रकार गरी ३० जनाको सहभागिता रहेको छ ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो