INSEC Online

📅 २०८३ जेष्ठ २१

इन्सेकद्वारा जिल्लाको मानव अधिकार अवस्थाका बारेमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को एक टोलीले धादिङ जिल्लामा जेठ १४ र १५ गते मानव अधिकारको वस्तुस्थितिको बारेमा सरोकारवालासँग अन्तरक्रिया गरेको छ ।

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत गल्छी गाउँपालिका-८ गोगनपानीमा रहेको बाल अधिकार चेतना समूह, मानव अधिकार निगरानी समूहसँग आर्थिक सामाजिक र सांस्कृतिक अधिकारका बारेमा अन्तरक्रिया गरिएको हो ।

यसैगरी मानव अधिकारको अवस्थाको बारेमा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, जिल्ला प्रहरी कार्यालयका एसपी डम्बरबहादुर बिकलगायतका सरोकारवालासँग मानव अधिकारको अवस्थाको बारेमा छलफल गरिएको इन्सेक काठमाडौँ कार्यालयका संयोजक कृष्ण गौतमले जानकारी दिए ।

सो क्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले मानव अधिकारका लागि सरकारका निकायहरू प्रतिबद्ध रहेको बताए ।

सीताराम अधिकारी

अन्य

भिडियो