अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), जागरण नेपाल र दलित सेवा सङ्घको साझेदारीमा सञ्चालित गाउँपालिकास्तरीय परियोजनाको परिचयात्मक कार्यक्रम बान्नीगढी-जयगढ गाउँपालिकामा चैत १४ गते सम्पन्न भएको छ ।

इन्सेक धनगढी कार्यालयका संयोजक खड्गराज जोशीले तीन संस्थाले गाउँपालिकामा सम्पन्न गर्ने कामहरूको बारेमा जानकारी दिए । इन्सेकले उक्त परियोजनामा स्थानीय र प्रादेशिक तहका जनप्रतिनिधिको क्षमता अभिवृद्धिमा सहयोग गर्ने कामका बारेमा परियोजना प्रमुख सरिता पुरी, दलित सेवा सङ्घले दलित र महिलाहरूको समानता तथा सहभागिता प्रवर्धनमा परियोजना प्रमुख करुणा विश्वकर्मा र जागरण नेपालका पुर्णकला राईले आफ्ना कार्यक्रम र बजेटका बारेमा जानकारी दिए ।

कार्यक्रमका सहभागीहरूले परियोजना सकारात्मक र आवश्यक भएको भन्दै यसको प्रभावकारितामा सक्रिय हुनेमा प्रतिबद्धता जनाएका छन् ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले जनतामूखी काम गर्ने भन्दै सबै क्षेत्र, वर्ग, समुदायको समान सहभागिता स्थायी विकासमा सहयोग गर्नुपर्नेमा जोड दिए । तीन वटा संस्थाको साझेदारीमा सञ्चालित परियोजना सन् २०१९ सम्म सञ्चालन हुने जानकारी दिइएको छ ।
शिवराज ढुङ्गाना