INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार चेतना समूहका तीन दिवसीय क्षमता अभिवृद्धि तालिम सुरू 

इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँद्वारा बाल अधिकार चेतना समूहका पदाधिकारीहरूका लागि आयोजित क्षमता अभिवृद्धि तालिम माघ १७ गतेबाट सुरू गरिएको छ ।

धनुषा क्षेत्र नं. १ (ख) प्रदेश सभा सदस्य रामचन्द्र मण्डलले तालिमको उदघाटन गर्दै आजका बालबालिका देशका कर्णधार भएकाले असल आचार व्यवहार सिक्न सिकाउनुपर्ने बताए ।

photo20170131dhanusha

‘बालबालिकालाई असल शिक्षा, राम्रो वातावरण दिन सक्नु पर्छ । बालमैत्री शिक्षा र बालमैत्री विद्यालय अहिलेको आवश्यक्ता हो । बालबालिकालाई कुटेर होइन कि माया गरेर शिक्षा दिनु पर्छ ।’-सांसद मण्डलले भने । बाल अधिकारको लागि प्रदेश सभा सदस्यको हैसियतले बालमैत्री कानुनहरू निर्माण गर्न पहल गरिने उनले बताए ।

तालिममा तीन जिल्लाका १२ वटा सामुदायिक विद्यालयका २४ जना बालबालिका र १२ जना संरक्षक शिक्षकहरूको सहभागिता रहेको छ ।

कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँका संयोजक कृष्ण गौतमले बाल अधिकारको विषय वस्तुलाई तीन दिनसम्म बालबालिकाहरूबिच तालिमको माध्यमले जानकारी दिने बताए । बालबालिकाहरूले पाउने सेवा सुविधा, विद्यालयमा गरिने व्यवहारलगायतका विषयमा तालिममा समेटिने संयोजक गौतमले जनाए । क्षेत्रीय कार्यालयका कार्यक्रम संयोजक गणेश भण्डारीले कार्यक्रमको उदेश्यमाथि प्रकाश पारेका थिए ।

विनोदकुमार रविदास

अन्य

भिडियो