इन्सेक कञ्चनपुर र मानव अधिकार निगरानी समूह, शुक्लाफाँटाले शिक्षाको अधिकार सुनिश्चताका लागि पुस ३० गते जिल्ला शिक्षा समितिको ध्यानकर्षण गराएको छ ।
मानव अधिकार निगरानी समूह, शुक्लाफाँटा-५ का उपाध्यक्ष तप्तसिंह ठकुल्लाले शिक्षाको अधिकार सुनिश्चताका लागि पाँच बुँदे माग तथा ध्यानाङ्कर्षण पत्र जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख फैरू तामाङलाई बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी परिपूर्ति गरिनुपर्ने, शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षकहरूलाई तालिम प्रदान गरिनुपर्ने, नियमित विद्यालयहरूको अनुगमन गरिनुपर्ने लगायातका माग रहेका छन् । ध्यानाकर्षण पत्र बुझेपछि शिक्षा समितिका अध्यक्ष फैरू तामाङले मागहरू जायज भएकोले प्रक्रिया पुर्याएर मागहरूलाई सम्वोधन गर्ने बताए ।
यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वन्यजन्तुले मध्यवर्ती क्षेत्रका नागरिकहरूलाई खाद्य अधिकारमा पारेको असर र समस्या समाधानका लागि हुन सक्ने पहल बारे प्रमुख संरक्षक वेदकुमार ढकालको ध्यानकर्षण गराइएको थियो । ढकालले निकुञ्ज पीडित परिवारहरूलाई पाइने राहतका वारेमा जानकारी गराएका थिए ।
कोमलनिरञ्जन भाट