INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ को प्रकाशन पूर्व समीक्षा

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कैलाली र डडेल्धुरामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व समीक्षा गरिएको छ ।

इन्सेक कैलाली जिल्ला प्रतिनिधि रबिना चौधरीका अनुसार इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि कैलाली जिल्लाका घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम पुस ९ गते धनगढीमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालयका संयोजक खडकराज जोशीले देशभरिको मानव अधिकारको अवस्थाको विश्लेषण गरेर इन्सेकले प्रत्येक वर्षमानव अधिकार वर्षपुस्तक प्रकाशन गर्दै आएको र वर्षपुस्तकमा प्रकाशित घटनाको प्रकाशन पूर्व नै पुष्टि गर्नका लागि प्रकाशन पूर्व समीक्षा कार्यक्रम गर्ने गरिएको बताए ।

२०१७ को जनवरीदेखि डिसेम्बरसम्म जिल्लामा भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका २ सय २७ ओटा घटना प्रस्तुत गरिएको थियो ।

जसमध्ये एक वर्षको अवधिमा १७ ओटा बाल अधिकारका घटना, ११ ओटा नागरिक तथा राजनितिक अधिकारका घटना, ६ ओटा आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी घटना, तीन ओटा मानव बेचविखन तथा ओसारपसारका घटना र १ सय ८९ ओटा महिला अधिकार उल्लङ्घनका घटनाहरू सङ्कलित छन् ।

कार्यक्रममा अधिवक्ता सर्जु चौधरीले वर्षपुस्तकमा खाद्य अधिकारका घटनाहरू पनि समेट्न सुझाव दिएका थिए ।

दलित महिला अधिकार मञ्चकी कार्यकारी निर्देशक सावित्रा घिमिरेले पुस्तकमा घटना मात्रै अभिलेखीकरण नगरी अब घटना न्यूनीकरणमा पनि मुख्य भूमिका खेल्न आवश्यक रहेको बताए ।

महिला तथा बालबालिका कार्यालयका महिला विकास अधिकृत सन्ध्या राजेश्वरी सिंहले पुस्तकमा अझ बढी बालबालिकाका घटनाहरू पनि मानव अधिकार वर्षपुस्तकमा समावेश गर्न सल्लाह दिएका थिए ।

इन्सेक डडेल्धुरा जिल्ला प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक-२०१८ का लागि सन् २०१७ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको पूर्व समीक्षा पुस ९ गते गरिएको छ ।

Photo2017124Dadeldhura

एक वर्षको अवधिमा घरेलु तथा लैङ्गिक हिंसाका ३० र हत्याका दुई ओटा घटना सङ्कलन गरिएको इन्सेक प्रतिनिधि विष्टले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालयका चन्द्रबहादुर रोकायले इन्सेकले हरेक वर्षप्रकाशित गर्दै आइरहेको मानव अधिकार वर्षपुस्तकमा सत्यतथ्य घटनाहरू मात्रै प्रकाशन हुने गरेकाले यसको विश्वनीयता बढ्दै गएको बताए ।

Photo2017124Dadeldhura1

अनलाइन डेस्क

अन्य

भिडियो