INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लास्तरीय परियोजना सल्लाहकार बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कास्कीको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाइ जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत जिल्लास्तरीय परियोजना सल्लाहकार वैठक पुस ६ गते कास्कीमा सम्पन्न भएको छ ।

वैठकमा इन्सकले कास्कीको लुम्ले र ढिकुरपोखरीमा सञ्चालन गर्दै आएको उक्त कार्यक्रमको विषयमा छलफल भएको थियो ।

इन्सेक क्षेत्रीय कार्यलयकी कार्यक्रम संयोजक सबनम शर्माले अघिल्लो वर्षको कार्यक्रमको उपलब्धि, चुनौति र सिकाईका साथै आगामी वर्षको कार्ययोजना प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति बैनबहादुर क्षेत्रीले इन्सेकले गर्ने कार्यक्रम प्रभावकारी बनाउन  दलित, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका साथै युवासँग सहकार्य गर्न आग्रह गरे । उनले यस्ता कार्यका लागि जिल्ला समन्वय समिति पनि इन्सेकसँग सहकार्य गर्दै अगाडि बढने प्रतिबद्धता जनाए ।

संगीता भाट

अन्य

भिडियो